Posts

ठगी गरेको आरोपमा एकजना पक्राउ

खुला विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई ‘ओपन बुक मोडल’बाट परीक्षा लिन सुरु

सुदूरपश्चिममा कोरोना भाईरसको संक्रमण दर यथावत रहेपछि विभिन्न स्थानीय तह सिल

तातोपानी नाका यही असोज १९ बाट पुनः सञ्चालन हुने

कैलारी गाउँपालिका वडा नम्बर ४ वडा कार्यालयको नवनिर्मित भवनको मंगलबार उद्घाटन

कोरोना महामारीका कारण समयमा मिटर रिडिङ हुन नसकेका ग्राहकलाई जरिवाना लगाउने काम नगर्नेे- मन्त्रि पुन

गौरीफन्टा नाका बिहान ६ देखि राति ८ बजेसम्म खुल्ने

दशैं तिहारकाे मुखमा छाक तार्न मुग्लान तार्न

कोरोना भाइरसको महामारीको समयमा वैकल्पिक सिकाइ सहजीकरणको विकल्प नभएको

धनगढीकी कोरोना संक्रमित महिलाको अन्त्यस्तिका लागि तयारी गरिदै

धनगढीबाट झण्डै डेढ लाखको भन्सार छलीको कपडा सहितका सामान बरामद

संघ र प्रदेश सरकारबिच खटपट

ललुङ्जोङमा निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको

तत्काल आफू सेवारत विद्यालयमा पुग्न सामुदायिक विद्यालयका शिक्षकलाई निर्देश

थारु भाषाको भर्चुअल लाइभ रचना वाचन कार्यक्रम सम्पन्न

केही दिनदेखि निरन्तर परेको झरी आजबाट रोकिने

पर्यटनले मुलुककाे सम्बृद्वि-मन्त्रि

एसियाली राजमार्गसँग नेपाली राजमार्ग जोडियाे

असोज १५ भित्र विद्यार्थीलाई अनिवार्य रूपमा भर्ना गर्नुपर्ने

जिल्लामा पनि विद्यालय खुल्न थाले

कञ्चनपुरमा अभिलेखीकरणका लागि घरदैलोमा शिक्षक kailari post ९ आश्विन २०७७, शुकवार 2 Shares facebook sharing button महेन्द्रनगर । कोरोना कहरका कारण शैक्षिक क्षेत्र प्रभावित भएको समयमा कञ्चनपुरका शिक्षक विद्यार्थीका घरदैलोमा पुगेर अभिलेखीकरण गरिरहेका छन् । सरकारले असोज १ गतेदेखि लागू हुने गरी जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार असोज १५ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरु अभिलेखीकरणमा खटिएको शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरले जनाएको छ । “पठनपाठनको पूर्व तयारीका लागि विद्यार्थीको विवरण सङ्कलन गर्न लागिएको हो”, इकाई प्रमुख भरतबाबु सुवेदीले भने, “जिल्लाभर अभिलेखीकरणको कार्य जारी छ ।” उनले अर्को निर्णय नआएसम्म विद्यालय भने सञ्चालनमा नआउने बताए । “घरदैलोमा जाँदा शिक्षकले स्वास्थ्य सामग्री प्रयोग गर्दै भौतिक दूरीलाई ख्याल गरिरहनुभएको छ”, उनले भने, “टोलरछिमेकमा समेत कसरी अध्यापन गराउन सकिन्छ भन्ने विषयमा पनि पहल हँुदैछ ।” कञ्चनपुरका २६१ सामुदायिक र २३२ संस्थागत विद्यालय छन् । विद्यार्थी अभिलेखीकरणमा खटिएका शिक्षक लोकबहादुर सिंहले घरदैलोमा पुग्दा अभिभावक र विद्यार्थी विद्यालय सञ्चालन होस् भन्नेमा नरहेको बताए । “अझै कोरोनाको त्रास रहेकाले धेरै निजी स्कूलमा पढ्ने विद्यार्थी सरकारी स्कूलमा भर्ना हुन आउँदैछन्”, सिंहले भने, “हामीले अभिलेखीकरणसँगै विद्यार्थी भर्ना अभियानसमेत शुरु गरेका छौं ।” अनलइन कक्षालगायत वैकल्पिक विधिबाट शिक्षण हुँदा विद्यालयले चर्को शुल्क लिइरहेको अभिभावकको गुनासो रहेको पाइएको शिक्षक सिंहले बताए ।

बैतडीका तीनवटा स्थानीय तहमा विद्यालय सञ्चालनमा