धनगढी, ११ असोज- कैलाली जिल्लामा पनि विद्यालय खुल्न थालेका छन् । कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरू खुल्न थालेका हुन । जिल्लाका १३ वटै पालिकामा विद्यालय सञ्चालन हुन थालेका हुन ।विद्यालय बन्द भएको करिब ६ महिनापछि विद्यालयहरू सञ्चालन हुन थालेका हुन् ।
विद्यालयमा सामाजिक दुरी कायम सँगै अनिवार्य मास्क प्रयोग र कक्षाको ढोकामा हात धुनलाई सुनपानी व्यवस्था गरेर विद्यालय सञ्चालन गर्न गरिएको छ ।नेपाल सरकारले सिकाई निर्देशिका २०७७ जारी गरे सँगै सामाजिक दुरी कायम राखेर विद्यालय सञ्चालन गरिएको घोडाघोडी नगरपालिका ८ जरहीमा रहेको बाल ज्योति आधारभूतका प्रधानाध्यापक भूपेन्द्र कुँवरले जानकारी दिए ।
भाद्र १ गते बाट देखी स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गरेर पठनपाठन सुरु गरेको उनले बताए । एउटा बेन्चमा एक विद्यार्थीहरू राखेर पढाउने काम गरी रहेका छौँ‘भूपेन्द्र कुँवर भने,‘ लामो समयदेखि बन्द रहेको विद्यालय खुलेपछि विद्यार्थी थपिने क्रम बढेको छ।’बिद्यार्थीहरुको सिकाइका लागी स्थानिय पालिकाहरूले मापदण्ड तयार गरी पठन–पाठन सुरु गरेको हुन् ।
सङ्घीय सरकारले शिक्षण सिकाइ सहजीकरण निर्देशिका जारी गरे सँगै पालिकाहरूले मापदण्डमा टेकेर पठन–पाठन सुरु गरेका हुन् ।विद्यालय अनुकूल शिक्षण सिकाइ सुरु गर्न घोडाघोडी नगर पालिकाले बिद्यालयहरुलाइ निर्देशन दिएको छ । त्यही अनुसार नगर भित्रका निजी र सामुदायिक विद्यालयहरूले गृहकार्य गरिरहेको नगर पालिकाका शिक्षा शाखा प्रमुख उमेशराज रेग्मीले जानकारी दिए ।
बढी बिद्यार्थी भएका विद्यालयहरूको हकमा भने टोल–टोलमै शिक्षा, आलो–पालो कक्षा सञ्चालन र भर्चुअल कक्षा सञ्चालनको विकल्प सारेको बताए । बिद्यार्थी जम्मा गरेरै पढाउनु परेमा भने मास्कको अनिवार्य प्रयोग र सामाजिक दुरी कायम गर्नु पर्ने उनले शिक्षा शाखा प्रमुख उमेशराज रेग्मीले जानकारी दिए ।
नेपाल सरकारले निश्चीत मापदण्ड तोकेर निर्देशिका तयार गरी पठन–पाठन सुरु गर्न भनिएको छ । निर्देशीका अनुसार नै कैलालीका १३ वटै पालीका भित्रका विद्यालयहरू सञ्चालन भइरहेको जिल्ला शिक्षा समन्वय इकाई कैलालीका प्रमुख बैकुण्ड सुवेदीले बताए । निर्देशिका अनुसार कैलालीका जिल्लाभर नै शिक्षण सिकाई सुरु भएको उनले जानकारी दिए ।
Comments
Post a Comment