दलित महिला अधिकार मञ्चले कैलारी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

 हसुलिया ७ असार। दलित महिला अधिकार मञ्चले कैलारी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।


कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रण र आइसोलेसन व्यवस्थापनका लागि सो संस्थाले गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो । कैलारी गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीलाई आज मञ्चका प्राविधिक कर्मचारी राजेन्द्र रैकाले ती सामग्री हस्तान्तरण गरेका गाउँपालिकामा कार्यरत रविन्द्र चौधरीले जानकारी दिए ।

सो संस्थाले हेण्ड वास स्टेशन सेट र ट्याङ्की पाँच÷पाँच वटा, डस्ना, तन्ना, सिरानी, रुमाल, बेड र ब्ल्याङ्केट १०÷१० वटा, सेनेटरी प्याड ५० वटा, स्प्रे सेनिटाइजर १० थान, मास्क एक हजार २५० वटा, फेस शिल्ड ३० वटा, सेनिटाइजर ५० पिस, सर्जिकल पञ्जा २५ बट्टा, हर्पिक, फिनाइल, साबुन लगायतको सामग्री सहयोग गरेको छ ।
वैशाख, जेठमा सो गाउँपालिकामा सङ्क्रमण ह्वात्तै बढेको थियो । अब स्थिति सुधार भएको छ । दोस्रो लहरको क्रममा हालसम्म ४७३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । जसमध्ये अब ४३ जनामात्रै सक्रिय संक्रमित रहेका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिए ।

उनले कोरोना अस्थायी अस्पतालमा अब बिरामी नरहेको बताए । कैलारी गाउँपालिकाको बैजपुरमा कोभिड अस्थायी अस्पताल सञ्चालनमा छ ।

Comments