थारु भाषाको भर्चुअल लाइभ रचना वाचन कार्यक्रम सम्पन्न

 



धनगढी, ११ असाेज। उँक्वार थारु भाषाकाे रचना वाचन भर्चुअल लाइभ वाचन र प्रशारण कार्यक्रमको पहिलो दिन हिजो शनिबार सम्पन्न भएकाे छ ।

जंग्रार साहित्यिक बखेरीकाे अायाेजनामा भएकाे अनलाइन लाइभ कार्यक्रममा झण्डै देढ घण्टा चलेकाे थियाे जसमा पत्रकार तथा साहित्यकार छविलाल काेपिलाले सहजिकरण गरेका थिए भने कवि/कवियित्रिहरु श्याम चाैधरी, बालिका चाैधरी, दिव्या प्रयासि र गणेश बर्तमानले आफ्ना कविताहरु वाचन गरेका थिए। साे कार्यक्रममा बालिका चाैधरीद्वारा लेखिएकाे कृति `समयका बक्र रेखाहरु´ को समिक्षा पनि गरिएको थियो। उक्त कार्यक्रमको संयाेजनमा थारु भाषा साहित्य तथा संरक्षण मञ्च दाङ्ग, देउखुरी, प्रयोजनमा अमर सहिद बहुमुखि क्याम्पस राजापुर, बर्दिया, थारु लेखक संघ नेपाल, लावा डग्गर त्रैमासिक, थारु पत्रकार संघ नेपाल, थारु गाेचाली समाज नेपाल रहेका छन। त्यसै गरी मिडिया सहकार्यमा लाैव अग्रासन साप्ताहिक, पहुरा दैनिक, थारुवान.कम, केर्नि न्यूज. कम, हमार पहुरा.कम, निमाङ थारु मिडिया र कैलारी पाेष्ट साप्ताहिक रहेका छन।

थारु भाषाकाे मानक भाषा बहस चलिरहेकाे अवश्थामा याे लाइभ रचना वाचन कार्यक्रमले थारु साहित्यलाई झन उचाईमा पुर्याउने विश्वास थारु साहित्यकारहरुकाे रहेकाे छन। अब निरन्तर प्रत्येक महिनाको दोश्रो र चौथो शनिबार राती ८ बजे भर्चुअल रचना वाचन कार्यक्रम गरिने कुरा बखेरीका संयोजक सोम डेमनरौराले जानकारी गराउनुभयो। 

Comments