धनगढीकी कोरोना संक्रमित महिलाको अन्त्यस्तिका लागि तयारी गरिदै

 



धनगढी १३ असोज। धनगढीकी कोरोना संक्रमित महिलाको हिजो मृत्यु भएको छ र अाज उनको लाशलाइ अन्त्यस्तिका लागि नेपाली सेनाहरुकाे टाेली सेती प्रादेशिक अस्पतालमा पुगेको छन। उनी सेती प्रादेशिक अस्पतालमा उपचाररत वडा नम्वर १ की ६३ बर्षीया संक्रमित महिलाको आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार ति महिलालाई असोज १० गते कोरोना पुष्टि भएको थियो भने उनको आईसियूमा उपचार भईरहेको थियो।

‘स्वासप्रश्वासमा समस्या भएपछि उनी कोरोना पुष्टि हुन अगाडिदेखि नै सेतीमा उपचाररत र्थिइन्। ७ गतेदेखि उपचार भईरहेकोमा आज मृत्यु भएको हो।’ सूचना अधिकारी श्रेष्ठले भने। योसंगै धनगढीमा कोरोना संक्रमित मृतकको संख्या तीन पुगेको छ

Comments