कबिता: महटान आंगन सुनसान छ

 



सागर कुश्मी ‘संगत’


छुनछुन मंजुराको छनकार 

घेल्टुङ्ग घेल्टुङ्ग ताल 

ठुम्मु ठुम्मु कम्मर मर्काउने 

झुमीझुमी मादल बजाउने 

उह हेर्नुस, 

महटान आंगन  सुनसान छ ।


डेहुरार भित्रको खेखरी मैयाँ 

पातामा बसेका जोग्या बभ्ना 

मरुवामा रहेका भेंरुवा देउताहरुलाई 

जल बुंडी नचढाएर 

हो साँच्चै, 

महटान आंगन सुनसान छ ।


महटान बज्यै गोंरी बुन्न छाडिहालिन्  

महटान बाजे छट्री बुन्न छडिहाले 

मोर्हिन्याँ काकी सखिया गीत गाउन छाडिहालिन् 

नचुन्याँ भौजी को हात बाट मंजुरा छुट्यो 

हो आज, 

महटान आंगन सुनसान छ । 


भलमन्सा डाडु मादल  बजाउन छाडे 

घरको काम धन्दा हेर्ने कोई छैन 

गाई, गोरू चराउने कोई छैन 

बर्कान बाजे एक्लै 

गर्दा गर्दै थकित भै हाले 

साँच्चि , 

महटान आँगन सुनसान छ ।


अइ मोर्हिन्याँ काकी 

अइ नचुन्याँ भौजी 

अनि मन्डरीया डाडु 

सब्बै जान बाजे, बज्यै, दिदी बहिनी अब, 

फेरि गाउँ चैनार गर्नु छ 

सखिया, झुम्रा, हुर्डुङ्वा मा 

पक्डोंइह पक्डोंइह मादल घन्काएर 

झाल मंजुरा कस्टार छ्न्काएर 

सबै लाई  राहरंगीत गराएर 

गाउँ घर आंगन चम्पन गराएर 

हो, 

जागौं अब 

किनकी,  

महटान आंगन सुनसान छ । 


कैलारी ८ डख्खिन टेंर्ही कैलाली 

हाल धनगढी कैलाली 


Comments

Post a Comment