गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आज प्रदेशसभामा विश्वासको मत लिँदै

 


पोखरा, २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । संविधानको धारा १६८ (३) अनुसार उनी ठूलो दलको हैसियतका आधारमा गत वैसाख २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । 

सोही नियुक्तिका आधारमा उपधारा ४ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । 

आज दिउँसो १२ बजेलाई प्रदेशसभा बैठक बोलाइएको छ । कार्यसूची मुख्यमन्त्रीले विश्वासको मत लिने मात्र रहेको सचिवालय सचिव हरिराज पोखरेलले जानकारी दिए । 

अल्पमतमा परेका मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउने सम्भावना कम देखिएको छ ।

विश्वासको मत नपाए उपधारा ५ अनुसार प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि आह्वान गर्नेछिन् ।

बजेट ल्याउने समय आइसक्दासमेत गण्डकीमा राजनीतिक किचलोका कारण नीति तथा कार्यक्रमसमेत आउन सकेको छैन ।(एजेन्सी)

Comments