धनगढी, माघ १६/ कञ्चनपुरका होटल व्यवसायीहरुले कोरोना संक्रमण फैलिएपछि बन्द रहेको गड्डाचौकी नाका खोल्न माग गरेका छन्।
होटल व्यवसायी संघ कञ्चनपुर मार्फत बिहीबार स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै नाका खोल्न माग गरिएको हो।
सरकारले गत चैत १० गतेदेखि बन्द गरेको नाका नखुल्दा होटल र पर्यटन व्यवसाय प्रभावित भएकाले नाका खोलेर सहज वातावरण बनाइदिन आग्रह समेत गरिएको छ।
Comments
Post a Comment