धनगढी ५ फाल्गुन: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टसहित ७ जना मन्त्रीले कार्यकाल सम्हालेको बुधबार तीन वर्ष पूरा भएको छ।
२०७४ साल फागुन ५ गते तत्कालिन प्रदेश प्रमुख मोहनराज मल्लले मुख्यमन्त्रीसहित अन्य ६ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए।
प्रतिनिधि सभा विघटनपछि दुई समूहमा विभाजित भएको नेकपाका कारण अहिले प्रदेशका दुई मन्त्रालय रित्त रहेका छन्।
नेकपाको ओली समूहका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका थिए भने, भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको थियो।
विज्ञापन
त्यसपछि प्रदेश सरकार विस्तारमा ढिलाई भइरहेको छ।
Comments
Post a Comment