कविता ~ तिमी बिनाको म

 


© जेठा दाइ 'प्रखर'

तिमी बिनाको म लाग्छ,

जुनेली बिलाएको अन्धकार जस्तै,

पिरती हराएको संसार जस्तै,

तिमी बिनाको म......

क्षितिजमा कोरेको आकार जस्तै,

विलुप्त प्रजातिको प्रकार जस्तै,

सँस्कृती बिनाको संस्कार जस्तै,

सुर-ताल बिनाको झंकार जस्तै,

अर्थहिन रुमल्लिएको बेकार जस्तै,

शक्ती बिनाको अंहकार जस्तै,

जीत खोसिएको हार जस्तै,

छातिभरी वेदनाको भकार जस्तै,

तिमी बिनाको म......

पाप लुकाउन गर्ने उपकार जस्तै,

दुनिँयालाई देखाउने परोपकार जस्तै,

चिण्डेलाइ काँईयो उपहार जस्तै,

बिजुली बिनाको नाँगो तार जस्तै,

प्रश्न हराएको पत्रकार जस्तै,

सरकारी अस्पतालको स्याहार जस्तै,

जनता बिनाको सरकार जस्तै,

मन्त्री बिनाको भ्रष्टाचार जस्तै,

तिमी बिनाको म......

जबर्जस्तीको प्यार जस्तै,

छत बिनाको दिवार जस्तै,

भोकोलाई कनिका आहार जस्तै,

खाली पेटमा डकार जस्तै,

नुन-खुर्सानी बिनाको अचार जस्तै,

लाज हराएको व्यवहार जस्तै,

देउसी-भैलो बिनाको तिहार जस्तै,

सिमा थुनिएको देशको हाहाकार जस्तै,

तिमी बिनाको म.

चित्र गुगलबाट सापटी ।

Comments