हसुलिया,१ असार । आजदेखि कैलालीमा निषेधाज्ञा केही खुकुलो बनाइएको छ । आईतबारको बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठकले आज असार १ गतेदेखि एक सातासम्मका लागि निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गरेको थियो ।परिमार्जित निषेधाज्ञाअनुसार अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालय, संस्थानबाहेक अन्य सरकारी कार्यालय र सार्वजनिक निकायको सेवा बन्द रहनेछ ।
वीमा, बैंक तथा वित्तिय संस्थाको सेवा विहान ८ बजेदेखि १२ बजेसम्म सञ्चालन गर्न पाइने, सभा, सम्मेलन, गोष्ठी, तालीम, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहरी, क्लब स्विमिङ पुल, पार्क, सैलुन, जिमखाना भने सञ्चालन गर्न पाइनेछैन् ।यस्तै खाद्य सामाग्रीका पसलहरु, निर्माण सामाग्री, हार्डवेयर, इलेक्ट्रोनिक्स, भाडा वर्तनका पसल, पुस्तक पसल, कपडा तथा फेन्सी पसल, टेलरिङ सेन्टर, विहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।
वर्कसपहरु विहान ८ बजेदेखि साँझ ६ बजेसम्म, होटल, रेष्टुरेन्ट, खाजा तथा चिया पसलहरु बन्द रहनेछन् भने विहान ८ बजेदेखि साँझ ८ बजेसम्म टेक अवे सेवा सञ्चालन गर्न सकिनेछ । प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालका अनुसार ११ बजेपछि पसल खोलेमा भने कारबाही गरिनेछ । यद्दपि सो अबधिमा जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्न भने पसल सञ्चालक र ग्राहकलाई अनिवार्य गरिएको छ । प्रजिअ रिजालले डीसीएसमसीको निर्णय उल्लंघन गर्दै तोकिएको समयपछि पसल खोलेको पाईएमा १ महिना जरिवाना वा ५ लाख रुपैया जरिवाना वा दुबै सजाय गरिने बताए ।
Comments
Post a Comment