धनगढी,२३माघ। कैलालीको धनगढी उपमहानगरपालिका १४ डि गाउँमा रहेको शिबशक्ति युवा वातावरण समुहको अध्यक्षमा हर्कबहादुर घिमिरे चयन भएका छन् ।
समुहको २५ औ साधारण सभाले घिमिरेलाई आध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समुहको उपाध्यक्षमा यादब शर्मा, सचिवमा चन्द्र लम्साल, सह सचिवमा झलक भुषाल र कोषाध्यक्षमा सिता कुमारी च्वाँई चयन भएका हुन् ।
वाकी ६ जाना सदस्यहरु रहेका छन् । समुहको कार्यसमितिको कार्यलकाल ३ वर्षको रहने छ। समुहले विभिन्न सामाजिक गतिबिधिका साथै खेलमुदका क्षेत्रमा योगदान दिदै आएको छ ।

Comments
Post a Comment