सिफ्ट- सिफ्टमा सुचारु भएका कैलारीका सबै विद्यालयहरु पूरा समय सुचारु


 कैलारी पाेष्ट    संवाददाता  २९ माघ। कैलाली   जिल्लाको कैलारी गाउँपालिका को सबैजसो विद्यालय नियमित पठनपाठन शुरु  भैसकेका छन।  सरकारी स्कुल, बोर्डिङ्ग स्कुल बिहान  १० बजेदेखि ४ बजेसम्म भैईरहेका छन। 


कैलारि गापा.वडा नं. ५ को पवेरा बजारमा रहेको नागेश पशुपति शिक्षा मन्दिर को नियमित पठनपाठन  पिजि.देखि कक्षा आठ सम्म २०७७-१०-२७ गते देखि दैनिक ब्याम( पिटि)   सुचारु भैरहेको छ भनी नागेश का प्रिन्सिपल ले जानकारीी गराउनु भयो।केही महिना अगाडि हाम्राे स्कुलले सिप्ट सिप्ट गरेर बिद्यार्थीहरुलाई सहजिकरण गराउदै अाएका थियो भनि प्रिन्सिपल ले जानकारीी गराउनु भयो।


विश्व महामारी कोरोना भाइरस ले गर्दा शैक्षिक संस्था पनि बन्दै भएको थियो। यस भाइरसले गर्दा पठनपाठन केही महिना बिद्यालय पुर्णरुपले बन्द थियो। केहि महिनापछि विश्व स्वास्थ्य संगठन ,नेपाल सरकारको निर्देशनलाई मध्यनजर गर्दै  पालना गर्दै जुन क्षेत्रमा कोरोना भाइरसको प्रभाब कति छ त्यहि अनुसार स्थानिय सरकारलाई केन्द्रीय सरकारको निर्देशनमा स्थानिय बिद्यालयलाई  सहजिकरण को लागि आवश्यक सेफ्टि, भौतिक दुरी कायम गरि बिद्यार्थीहरुलाई सिप्ट -सिप्मा राखेर सहजिकरणको लागि बिद्यालय सुचारु भैरहेका थिए।

विश्व माहामारि कोरोना भाईरस उ्द्योग,बजार ब्यबसाय,यातायात,लगायत सबै  मा कोरोना भाईरस को चपेतामा परि बिश्ब भरि नै कोरोना भाईरसले गर्दा पुरै मानव समाजमा नै एक किसिमको डर त्रास उत्पन्न भएको थियो। लाखौ मानव ब्यत्तिले ज्यान गुमाई सकेका छन।र कैयौ कोरोना भाइरस पोजेटीभ भएका ब्यत्तिले नियमित डाक्टर, चिकिट्सकको निगरानिमा उपचारमा लाखौले नयाँ जीवन पाएका छन निको भएका छन।


यस भाइरसले गर्दा बिश्वको सबै देशको अर्थतन्त्रलाई नराम्ररी प्रभाबित पारेको छ। अब फेरि पनि बिस्तारै बिस्तारै सबै देशको अर्थतन्त्रमा क्रमिक सुधार आउदैछ गति लिदैछ।

Comments