फागुन १५ र १६ गते कैलालीको हसुलियामा हुन लागेका विशेष सम्मेलनको तयारी बैठक भजनीमा सम्पन्न

 


भजनी, २९ माघ । ‘शान्ति सद्भाव न्याय र अधिकारका लागि दासता विरुद्धको थरुहट थारुवान विशेष राष्ट्रि«य सम्मेलन’ को तयारीका लागि भजनी नगरपालिकामा अन्तक्रिया तथा भेला सम्पन्न भएको छ ।

थरुहट थारुवान राष्ट्रिय मोर्चाका जिल्ला संयोजक माधब थारुका अनुसार यहि फागुन १५ र १६ गते कैलालीको हसुलियामा हुन लागेका विशेष सम्मेलनको तयारीकोलागि धनगढीदेखि टीकापुर सम्मका अगुवा, बडघर, भलमन्सा, यूवा, महिला लगायत बुद्धिजीविहरुसंग अन्तरक्रिया तथा भेला गर्दै आएको बताए ।

उनले थरुहट थारुवान राष्ट्रिय मोर्चा सबैको साँझा संगठन रहेको बताउँदै आफ्नो हक प्राप्तीकालागि विद्रोहमा उत्रिन सबैलाई अनुरोध गरे ।
सुदूरपश्चिम प्रेदशका सांसद कृष्णाबहादुर चौधरी संसद भित्रका पहिचान विरोधी थारुहरुलाई तह लगाउन सके मात्रै थारुहरुको मुद्धा पार्टी सम्बोधन गर्ने बताए । यो बेला सबै थारु एकजुट भएर बुलन्द अवाज उठायो भने थरुहट भूमि प्राप्त गर्न कुनै समय नलाग्ने सांसद चौधरीको तर्क थियो ।

थरुहट नेता तथा पूर्व सांसद कृष्णा कुमार चौधरीले थारु जातीनको पहिचान सुनिश्चित गर्न थरुहट थारुवान प्रदेशको माग गर्दा उल्टै जेल कोचिएको बताए ।

उनले भने ‘शान्तिपूर्ण तरिकाले अधिकार माग्दा उल्टै थारुहरुको घर जलाईयो र जन्मकैदको फैसला सुनायो । सदियौं वर्षदेखि शोषण डमनबाट चेपिएका थारु सशक्तरुपले विद्रोहमा उत्रिन जरुरी छ ।’

थरुहट नेता चौधरीले थारुहरुलाई जातीय राज्य चाहिएको होईन, राज्यको दासबाट उन्मुक्ति पाउन आफ्नो पहिचान सहितको राज्य माग गरेको बताए ।

जुन पार्टी थारु समुदायको हक अधिकार, न्याय र सम्मानको मुद्धा उठान गर्छ त्यहि पार्टीलाई सहयोग गर्नुपर्छ । अब थारु आफ्नो न्यायकोलागि एक पटक बांगो हुनुपर्छ र थरुहरुको मुद्धाको विरोध गर्ने जो कोहीलाई पनि कार्बही गर्न तयार हुने बताए ।

मोर्चाका जिल्ला संयोजक चुनीराम चौधरीले राज्य सत्ता थारु समुदायको अधिकारप्रति नश्लेयत शासन जमाउन २०७२ सालको थरुहट आन्दोलनलाई तुहाउन टीकापुर घटना घटाएको बताए ।

देश संघिय लोकतान्त्रिक गणतन्त्रसम्म आईपुग्दा समेत यहाँका साशकहरु आफूहरुलाई दास बनाएर शासन जर्माई रहेको बताए । ‘उच्च अदालतको फैसला रेशम चौधरी र लक्ष्मण थारुलाई सुनाएको होईन बरु सिंगो थारु समुदायलाई दास बनाउन रणनीति बनाएको हो ।’

जेलबन्दी परिवार रञ्जिता चौधरी आफ्नो हक अधिकारकोलागि एक पटक हातेमालो गर्दै बुलन्द अवाज उठाउन सबैमा अनुरोघ गरे ।

Comments