धनगढी, ३० माघ । कैलालीमा अटो रिक्सा अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्लाको टीकापुर नगरपालिका–८ स्थित हुलाकी सडकखण्डमा बिहीबार राति करिब ११ बजेको समयमा भे १ह ५४२ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर घाइते भएका चालक बर्दियाको राजापुर बस्ने ४५ वर्षीय भागीराम चौधरीको मृत्यु भएको हो । अटो रिक्सामा अन्य व्यक्ति भने सवार नरहेको प्रहरीले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा परी घाइते भएका चौधरीको टाउकोमा गम्भीर चोट लागेको र उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो।

Comments
Post a Comment