धनश्याम चौधरी प्रथम टाइगर कप आमन्त्रण राष्ट्रिय भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषको सर्वोत्कृष्ट खेलाडी
धनगढ़ी २ फाल्गुन पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका ओपन स्पाइकर धनश्याम चौधरी प्रथम टाइगर कप आमन्त्रण राष्ट्रिय भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।
विभागीय टोली आर्मीलाई स्तब्ध पार्दै गण्डकी प्रदेशलाई उपाधि जिताउन धनश्याम हिरो बन्दै सर्वोत्कृष्ट प्रर्दशन गरेका थिए । प्रतियोगिताभर उत्कृष्ट प्रर्दशन गरेका घनश्याम सर्वोत्कृष्ट खेलाडी चुनिदै नगद २० हजार ट्रफि प्राप्त गरे ।
शनिबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको फाइनलमा घरेलु टोली गण्डकीले आर्मीलाई ३-२ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको थियो । पुरुषतर्फ उत्कृष्ट ब्लकर त्रिभुवन आर्मीका हरि अधिकारी, उत्कृष्ट सर्भर आर्मीकै शरण समारी क्षेत्री, उत्कृष्ट स्पाइकर आर्मीका दानबहादुर भट्ट क्षेत्री, उत्कृष्ट सेटर गण्डकी प्रदेशका सूजन चोखाल, उत्कृष्ट डिफेन्डर गण्डकीका राजन दर्लामी मगर चुनिए । गण्डकीका रमेश केसी उत्कृष्ट प्रशिक्षक चुनिए ।
यी सबैले ५-५ हजार र ट्रफि प्राप्त गरे । च्याम्पियन गण्डकीले उपाधिसहित समान १ लाख ५० हजार प्राप्त गर्ने छ । उपविजेता आर्मीले ७५ हजार प्राप्त गरे !
Comments
Post a Comment