
धनगढी, २ फागुन । धनगढीमा पत्रकारहरुपनि कोभिड विरुद्धको लगाएका छन् । दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप आज देखि लगाउन शुरु भएको छ ।
स्वास्थ्य कार्यालय कैलालीले धनगढीसहित जिल्लामा विभिन्न ७ स्थानमा निर्धारण गरिएका केन्द्रबाट लक्षित समूहले खोप लगाउन पाउने छन् ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीका अनुसार दोस्रो चरणमा खोप लगाउनका लागि जिल्लाभर सात ठाउँमा खोप केन्द्र निर्धारण गरिएको र परिचय पत्रका आधारमा टिकापुर, धनगढी, चौमाला, भजनी, जोशिपुर, लम्कीचुहमा, मालाखेतीस्थित सरकारी स्वास्थ्यमा खोप लगाइने व्यवस्था मिलाइएको जनाएको छ ।
आजदेखि संघीय सरकारले निर्धारण गरेबमोजिम सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैँकका कर्मचारी, पत्रकारहरु, यसअघि छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंम सेवक, एम्बुलेन्स तथा शवबाहान चालक, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई खोप लगाइन लागेको हो।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर धामीले धनगढीस्थित स्वास्थ्य कार्यालय, गोदावरी नगरपालिकाको मालखेति अस्पताल, चौमाला प्राथमिक स्वास्थ्य केन्द्रबाट कोरोना विरुद्धको खोप लगाइने जानकारी दिए।
यस्तै लम्कीचुहा अस्पताल, जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्र, भजनी प्राथमिकथता स्वास्थ्य केन्द्र र टीकापुर अस्पतालबाट पनि लक्षित समूहले परिचय पत्रका आधारमा खोप लगाउन पाउनेछन्।
Comments
Post a Comment