धनगढी, १६ माघ । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा उपस्थित नभएका सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको स्वागतमा भने उपस्थित भएका छन् ।
नेकपामा आफ्ना पक्षका अध्यक्ष नेपालको स्वागत गर्न भट्ट धनगढी स्थित विमानस्थल पुगेका हुन् । मुख्यमन्त्री भटट् संगै आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह पनि स्वागतमा सहभागि थिए ।
यसअघि धनगढी पुगेका प्रधानमन्त्री ओलीको स्वागतमा मुख्यमन्त्री भट्ट अनुपस्थित भएपछि आलोचना भएको थियो ।
Comments
Post a Comment