धनगढी, २४ माघ । ‘शान्ति सद्भाव न्याय र अधिकारका लागि दासता विरुद्धको थरुहट थारुवान विशेष राष्ट्रि«य सम्मेलन’ को तयारीका लागि यूवा र भल्मनसाहरुके कमिति गठन भएको छ । शुक्रबार कैलारी गाउँपालिका ९ कोईलहीमा महिला यूवा बडघर भलमन्साहरुको भेला गरेर कमिति गठन गरेको हो ।
भेलाले बाँधुराम चौधरीको संयोजत्वमा बडघर भलमन्साको कमिति गठन गरेको छ भने एम चौधरीको संयोजत्वमा यूवाहरुको कमिति गडन भएको छ ।
थरुहट थारुवान राष्ट्रिय मोर्चाका जिल्ला संयोजक प्रवक्ता चुनिराम चौधरीका अनुसार यहि फागुन १५ र १६ गते कैलालीमा हुन लागेका विशेष सम्मेलनको तयारीकोलागि गाउँका अगुवा भलमन्सा महिला यूवाहरुलाई भेला गरि जिम्मेवारी बाँडफाँड भईरहेको छ ।
भेलामा मोर्चाका जिल्ला संयोजक माधब चौधरी, थरुहट नेता तथा पूर्व सांसद कृष्णकुमार चौधरी, मोर्चाका जिल्ला सदस्य सुशिला चौधरी लगायतको उपस्थििति रहेको थियो ।
Comments
Post a Comment