मलाई प्रधानमन्त्रीको लोभ छैन : प्रचण्ड

 


चितवन,४ फागुन ।  प्रधानमन्त्रीको आकांक्षी भएका कारण पार्टी विभाजनतर्फ लागेको आरोप खेपेका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुलाई प्रधानमन्त्रीको लोभ नभएको बताएका छन्। उनले संविधानमाथि प्रहार गरेर संसद विघटन गरेको विरुद्धमा पूनर्स्थापना आन्दोलनमा होमिएको धारणा राखे।

‘मलाई प्रधानमन्त्रीको लोभ विल्कुलै छैन, यो भ्रम कसैलाई नपरोस् , प्रचण्डले यो संघर्षको नेतृत्व गर्न थालेको प्रधानमन्त्री पाउनलाई भन्ने परेको छ भने त्यो गलत हो’ म प्रधामन्त्रीको दावा गरेर लडेको होइन, राष्ट्र , जनता संविधान र लोकतन्त्रका निम्ति धेरै लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षाको निम्ति हो।, यो मसँग सम्बन्धित होइन।’

प्रचण्डले मुलुकको राजनैतिक संकट समाधान गर्न प्रतिपक्षीको डिमाण्डलाई स्विकारेको बताएका छन्। संसद पुनर्स्थापनाको आन्दोलनलाई संयुक्त बनाउन लागेको बताए। अहिलको संकट समाधान गर्नको लागि प्रतिपक्षी दलसँग सहकार्य गर्ने र उहाँहरुको डिमाण्डलाई पोजेटिभ लिएको बताए। 

Comments