
कैलारी पोष्ट संबाददाता, २२ माघ । थरुहट/थारुवान राष्ट्रिय मोर्चा कैलारी गाउँपालिका स्तरीय समिति गठन गरेको छ ।
मोर्चाले हसुलियामा आव्हान गरेको अन्तरक्रिया तथा फगुन १५ र १६ गते सम्पन्न हुने दासता विरुद्धको थरुहट थारुवान विशेष सम्मेलन तयारीको लागी सन्तराम चौधरीको संयोजकत्वमा १५ सदस्यीय थरुहट/थारुवान राष्ट्रिय मोर्चाको कैलारी गाउपालिका स्तरिय मोर्चा गरेको हो । समितिको सहसंयोजकमा छविलाल चौधरीहे जिम्मेवारी दिएकोछ ।
यस्तै गरी सदस्यहरु बाँधुराम चौधरी, कविता चौधरी, खुशीराम चौधरी, लक्ष्मण चौधरी, देवलाल चौधरी, राजाराम चौधरी, खुशीराम चौधरी, सन्तराम चौधरी, धनिराम चौधरी, दिल बहादुर चौधरी, ललिता कुमाल, तेजकरण कठरिया र टेकलाल चौधरी लगायत छ । मोर्चाले यही माघ ३० गते अन्तरक्रिया गर्ने भएको छ ।
Comments
Post a Comment