हसुलिया, २५ माघ । कैलालीको कैलारी गाउँपालिका–३ उत्तर भडरीमा आइतबारदेखि अध्यक्ष रनिङ कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।
कैलारी स्मार्ट समन्वय युवा क्लब कैलालीको आयोजनामा प्रतियोगिता सुरु भएको हो । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले एक कार्यक्रमकाबीच प्रतियोगिताको उद्घाटन गरे । सो प्रतियोगितालाई कैलारी गाउँपालिकाको कार्यालयले सहयोग गरेको छ ।
प्रतियोगिताको उद्घाटन खेल भेट्रान फुटबल अन्तर्गत कैलारी गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिबीच भएको थियो । जसमा जनप्रतिनिधिको टोलीले कर्मचारीको टिमलाई ७–० गोल अन्तरले पराजित गरेको छ ।
क्लबका अध्यक्ष ज्ञानबहादुर चौधरीको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो । सो अवसरमा विशिष्ट अतिथीमा उपाध्यक्ष लक्ष्मी सत्गौंवा, कैलारी स्मार्ट समन्वय युवा क्लबका सल्लाहकार बतासु चौधरी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत खगेन्द्रराज जोशी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, खेलाडी, स्थानीय लगायतको उपस्थिति थियो । प्रतियोगिता उद्घाटनको अवसरमा थारु कलाकारहरुका विभिन्न प्रस्तुतिका साथै साँस्कृति झाँकी देखाइएको थियो ।
प्रतियोगिताहरुमा पुरुष फुटबल डे–पेनान्टी सुटआउट, भेट्रान पुरुष फुटबल र ब्याडमिन्टन प्रतियोगिता रहेको छ । जुन प्रतियोगिताका लागि प्रथम पुरुस्कार नगद १ लाख र द्धितिय पुरुस्कार नगद ५० हजार रहेको आयोजकले जनाएको छ ।
त्यस्तै भेट्रान पुरुष फुटबल प्रतियोगितामा प्रथम हुने टीमले नगद ६० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र र द्वितिय पुरुस्कार नगद रु ३० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने जनाएको छ ।
ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुने टीमले नगद रु ५० हजार प्राप्त गर्ने छ भने द्वितिय हुने टीमले नगद २५ पुरुस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
फोटोः कुलराज चौधरी साइनो फोटो स्टुडियो हसुलिया कैलाली


Comments
Post a Comment