कैलारी गाउँपालिका स्तरीय बैठक शुक्रबार हसुलियामा सम्पन्न


 कैलाली, ३० माघ । थरुहट थारुवान राष्ट्रिय मोर्चाको कैलारी गाउँपालिका स्तरीय बैठक शुक्रबार हसुलियामा सम्पन्न भएको छ ।

बैठकबाट यहि फागुन १५ र १६ गते सम्पन्न हुने थरुहट थारुवान सम्मेलनको तयारीका विभिन्न उपसमिति गठन गरेको छ । धनीराम चौधरीको संयोजकत्वमा मास परिचालन, छविलाल चौधरीको संयोकत्वमा आर्थिक, नेपालु चौधरीको संयोजकत्वमा नेपालु चौधरी, कैलाश चौधरीको संयोजकत्वमा आवास व्यवस्थापन र खुशीराम चौधरीको संयोकजत्वमा मेस(खाना) व्यवस्थापन समिति गठन भएको छ ।
साथै यहि फागुन ५ गते कैलारी गाउँपालिकाको ९ वटै वडामा थरुहट थारुवान वडा भेला सम्पन्न गर्ने जनाएको छ ।

Comments