धनगढी ४ फाल्गुन धनगढी उप–महानगरपालिका वडा नम्बर १५ का जोहारीलाल चौधरीको मोटरसाइकल चोरी गर्ने युवक पक्राउ परेका छन्।
कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार जिल्लाकोे कृष्णपुर नगरपालिका वडा नम्बर ९ पिपलीया विबाहमा गएका चौधरीको से ५ प २५६८ नम्बरको मोटरसाइकल चोरी गर्ने सो ठाउँका २१ वर्षिय जयराम राना पक्राउ परेका हुन्।
उनले २ गते राति मोटरसाइकल चोरी गरेर लालझाडीमा लुकाएका थिए। चोरीको मोटरसाइकलसहित रानालाई पक्राउ गरि कानूनी कारबाही थालिएको प्रहरीले बताएको छ।

Comments
Post a Comment