कैलारी पोष्ट संबाददाता ,पबेरा ३० माघ । कैलाली जिल्लाको कैलारी गाउपालिका को वडा नं.५ अन्तर्गत पर्ने पबेरा बजारमा बाटो बंद गरी बिरोध गरेका छन।हुलाकी सड्क टु लेन सड्क बनिरहेको छ। उक्त हुलाकी सड्कमा माटो पटानीको लागि ठेकेदारको लोड बोकेको टिप्पर छिन छिन मा अोहोर दोहर गरेर स्थानिय ब्यापारिहरुको पसलको समानहरु धुलो लागेर हैरान भएका छन। लोड टिप्परले गर्दा बाटोमा हिड्नै गाह्रो हुन्छ श्वास लिन अप्थ्यारो हुन्छ भनेर स्थानियको भनाई रहेको छ। पबेरा बजारका बजार ब्याबसाय समितिका अध्यक्ष को अगुवाइमा अाज शुक्रबार ११ बजेतिर हुलाकि बाटो ठेकेदारले पानी सिचाई नगरेकोमा बाटो ब्लक गरिएको छ।
बजार समितिका अध्यक्ष शंकर चौधरीले भन्नू भयो "सड्क बिकास गर्नु राम्रो हो। यसमा हाम्रो बिरोध होईन तर बिकासको नाममा प्रदुषण गरेर जनतालाइ दुख:दिनु, सड्कमा पानी नहाल्नु , बारम्बार सड्कमा पानी हालदिनुस भनेर जानकारी गर्दा पनि नमान्ने भएर अाज सड्कमा ढुङ्गा राखेर ब्लक गरेका छौ । ठेकेदारले पानी अाज हाल्छु भोलि हाल्छु भनेर दिन दिनै आश्वसन मात्रै दिई रहेको तर पानी चाहै हाल्दैन ।अाफ्नो काम भने गरिरहेछ । तुरुन्तै छिटो भन्दा छिटो बनी रहेको हुलाकी सडकमा पानी हालियोस। अनि हामी बाटो तुरुन्तै खोलि दिन्छौ भनेर जान्कारि गराउनु भएको छ।"
उनले अझै थपे हामी स्थानिय प्रहरी हसुलियासग पनि यस बिषयमा जानकारी गराएका थियौ वहाँबाट पनि पानी हालि दिन्छन भनेर अाश्वसन आयो तर अहिल्य सम्म पानीको अत्तोपटो छैन। साना गाडि बाईक,अटो रिक्सा को लागि भने बाटो छोडिएको छ।
केही समयपछि बाटोमा सिंचाई गरने सहमतिमा बाटो खोलिएको छ ।
Comments
Post a Comment