थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

 बि.स. २००५ सालमा स्थापना गरिएको थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु भएको छ । सामाजिक संजाल फेसबुक ग्रुप हमार थारु बहसबाट राजनीतिक दलमा परिणत गर्न बहस सुरु गरिएको हो ।

थारुहरु सधैं राजनीतिक दलको कार्यकर्ता मात्र भएको भन्दै अब थारु समुदायका मानिस राष्ट्रपति, प्रधानमन्त्री लगायत देशकै मुख्य ठाउँमा पुग्न राजनीतिक दलमा परिणत गर्न बहस भइरहेको छ ।

थारुहरु हिजो जमिन्दारको कमैया रहेको र अहिले राजनीतिक दलको कमैया भएका छौं सारमा शब्द फरक भएतापनि कुरा एउटै भएको बहसका अभियन्ता ओम महतोले बताउनुभयो । बिगतमा यस बिषयमा पटकपटक छलफल भएको तर निष्कर्षका पुग्न सकिएन यो बिडम्बना हो हामी निष्कर्षमा चाडै पुग्नुपर्छ नभए अझै कतिपुस्ता राजनीतिक दलको कार्यकर्ता मात्रै बन्ने स्थिति होला भन्दै बहसमा प्रश्न गरिएको छ ।

त्यहि समयमा स्थापना गरिएका कांग्रेस र कम्युनिष्ट पार्टीले अहिले देश हाकिरहेका छन् तर थारु कल्याणकारिणी सभाको अवस्था दिनानुदिन खस्किदो अवस्था रहेको छ । सामाजिक कुसंस्कृतिका बिरुद्ध स्थापना गरिएको संस्थालाई राजनीतिक दलमा रुपान्तरण गर्दा समस्या त आउला तर त्यो भन्दा धेरै थारु जातिलाई अवशर प्राप्त हुने देखिन्छ ।

Comments