नेपाल साँस्कृतिक संघ कैलालीले जिल्लाका १२ वटा स्थानीय तहमा संयोजकहरु चयन

 


कैलारी पोष्ट संबाददाता, १९ माघ/ नेपाल साँस्कृतिक संघ कैलालीले जिल्लाका १२ वटा स्थानीय तहमा संयोजकहरु चयन गरेको छ। भजनी त्रीशक्ती नगरपालिका बाहेक सबै स्थानीय तहमा संयोजकहरु मनोनीत गरिएको संघका कैलाली जिल्ला सभापति सुरत रावत ‘डोटेली कान्छा’ले बताउनु भयो ।

नेपाल साँस्कृतिक संघको दोस्रो केन्द्रीय महाधिवेशन पश्चात संसोधित बिधान बमोजिम संघको संरचना तीन तहको रहने भएकाले नेपाल साँस्कृतिक संघ कैलालीले पनि जिल्लाका सबै स्थानीय तहहरुमा संघका विभिन्न गतिविधि गर्न सहजताका लागि स्थानीय तहहरुमा संयोजक मनोनीत गरिएको सभापति रावतले बताउनु भयो ।

धनगढी उपमहानगरपालिकामा टेक बहादुर बम,गोदावरी नगरपालिकामा सीता चौधरी ,चुरे गाउँपालिकामा दामोदर रिजाल, गौरीगंगा नगरपालिकामा गणेश थापा देउवा, घोडाघोडी नगरपालिकामा सम्पदा शाही बम, बर्दगोरिया गाउँपालिकामा निर्मला शाही, लम्की चुहा नगरपालिकामा हिक्मत ढकाल ‘एचडी अविरल’, मोहन्याल गाउँपालिकामा दिपेन्द्र माझी, टिकापुर नगरपालिका टंक खत्री, जोशीपुर गाउँपालिकामा सुमित्रा चौधरी, कैलारी गाउँपालिकामा कबिता चौधरी ‘काव्य’,जानकी गाउँपालिकामा युबराज साउँद लाई चयन गरिएको छ । भने भजनी त्रीशक्ती नगरपालिकामा पछि चयन गर्ने गरि संघले जनाएको छ ।


Comments