चालकको अनुमतिपत्र लाइसेन्स का लागि अब एउटा डिभाइसबाट एक पटक मात्र आवेदन दिन पाइने

 


कैलारी पाेष्ट संवाददाता १२, माघ।  सवारी चालकको अनुमतिपत्र लाइसेन्स का लागि अब एउटा डिभाइसबाट एक पटक मात्र आवेदन दिन पाइने भएको छ । अनलाइन आवेदनमा विचौलियाको बिगबिगी बढे पछि यातायात व्यवस्था विभागले नयँ व्यवस्था ल्याएको हो ।

विचौलियाले ग्राहकबाट पैसा उठाएर एकै पटक धेरै फर्म अपलोड गर्नेहुँदा साधारण सेवाग्राहीले लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन दिन प्रयास गर्दा समस्या आएको भन्दै नयाँ  व्यवस्था ल्याएको विभागले जनाएको छ । 

विभागका अनुसार यो नीति लागू भएसँगै अब एक दिनमा एउटा कम्प्युटर, ल्यापटप अथवा मोबाइलबाट एक पटकमात्रै लाइसेन्सको आवेदन दिन सकिने छ । 

यसअघि विभागले गत शुक्रबारदेखि लाइसेन्सको अनलिमिटेड फर्म लिनेगरी व्यवस्था सुरु गरेको थियो  । 

Comments