धनगढी, पौष २३/ प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार भोलि धनगढी आउने भएका छन् । प्रधानमन्त्री ओली सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको चौथो विस्तारित बैठकलाई सम्बोधन गर्न धनगढी आउने भएका हुन् ।
बुधवार नेकपाको ओली समूहको प्रदेश कमिटीको चौथो विस्तारित बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको छ ।
उक्त बैठकले प्रदेश संयोजक उद्योगमन्त्री समेत रहेको नेकपा स्थायी कमिटी सदस्य लेखराज भट्टलाई चयन गरेको छ ।
भोलीको बैठकलाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई संबोधन गर्न आउन लागेका हुन्।
Comments
Post a Comment