धनगढी, ९ माघ/ कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरलगायत पदमा अधिकृत र विभिन्न पदमा सहायक माग गर्दै बैंकले दरखास्त आह्वान गरेको छ।
बैंकले विभिन्न पदका लागि कूल ३२६ जना कर्मचारी मागेको हो।
आज ९शुब्रबार० गोरखापत्रमा सूचना निकालेर बैंकले स्थायी दरबन्दीका लागि जागिर खुला गरेको हो। अनलाइनबाट पनि दरखास्त आवेदन दिन सकिने बैंकले जनाएको छ।
दरखास्त माघ ९ गते आजदेखि २९ गतेसम्म दिन सकिन्छ।


Comments
Post a Comment