‘रिङमा आउनुस्, जितेर बेल्ट लगाउनुस् ’ प्रधानमन्त्री ओली

 


काठमाडौं २६ पूसप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा जाने कुरा गर्ने बित्तिकै धेरैको सातो गएको बताएका छन् ।

राष्ट्रियसभा बैठकमा बोल्दै उनले चुनाव घोषणा भएको र रिङमा उत्रन सबै दललाई आग्रह गरे । ‘रिङमा आउनुस्, जितेर बेल्ट लगाउनुस् ’ उनले भने । निर्वाचन भन्नेबित्तिकै सातो किन गएको भन्दै उनले भने गलत गरेकालाई जनताले दण्ड दिने बताए ।

प्रधानमन्त्री ओलीले कालापानीदेखी लिम्पियाधुरासम्मको भूभाग नक्सामा मात्रै नभएर व्यवहारमै कायम गरेर छाड्ने बताए ।

Comments