धनगढ़ी, ७ माघ । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सांसद रेशमलाल चौधरीलाई सरकारले राजनीतिक पूर्वाग्रहकै आधारमा जेलमा राखेको बताएका छन् ।बुधबार कैलालीको टीकापुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले कैलाली क्षेत्र नम्बर १ बाट विजयी सांसद चौधरीलाई सरकारले राजनीतिक पूर्वाग्रहकै आधारमा जेलमा राखेको आरोप लगाए । टीकापुरमा २०७२ भदौ ७ गते भएको घटना राजनीतिक भएकाले उक्त घटनालाई राजनीतिक घटनाकै रुपमा सम्बोधन गरिनुपर्ने उन औंल्याए ।
यसका साथै उनले प्रधानमन्त्री केपी शर्मा ओली इतिहासकै निरंकुश तानाशाह भएको आरोप लगाएका छन् । उनले पूर्वराजा बिरेन्द्र र ज्ञानेन्द्र समेत ओली जत्तिको तानाशाह नभएको बताए ।
Comments
Post a Comment