धनगढीमा फर्जी कलेज चलाएर ठगी गर्ने राजाराम चौधरी पक्राउ

 


धनगढी, ९ माघ/ धनगढीमा बर्षौदेखि ठगी गर्दै आएको धनगढी मल्टी स्किल इन्स्टिच्युट अफ टेक्नोलोजीका सञ्चालकसहित दुई जना पक्राउ परेका छन् । फर्जी प्रक्रियाबाट सञ्चालित उक्त इन्स्टिच्युटका सञ्चालक राजाराम चौधरी र उनलाई सघाउने शिवकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । कैलालीको गौरीगंगा–८ का स्थानीय रहेका इन्स्टिच्युटका सञ्चालक राजारामले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी० को नाम बेचेर विद्यार्थीलाई ठगेको आरोप लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले चौधरी लामो समयदेखि ठगी कार्यमा संलग्न देखिएको बताए । ‘अनुमति विना नै गैरकानुनी रूपमा संचालन गरी ईन्टिच्युटमा अध्ययनरत एक सय १८ जनाबाट चौधरीले ४९ लाख लाख ८ हजार चार सय असुली गरेको देखिएको छ,’ उनले भने, ‘ठगी गरेको जाहेरी दरखास्तको आधारमा ठगी शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान पूरा भएको थियो । कैलाली जिल्ला अदालतले २ महिना कैद र तीन लाख ८ हजार जरिवनाको फैसला सुनाएको थियो ।’ चौधरीले थप १९ लाख ६५ हजार ठगी गरेर फरार भएको जाहेरीसमेत प्रहरीमा परेको थियो ।

प्राविधिक विषय पढाउने कलेज रहेको कृषि जेटिए र भेटनरी अध्यापन हुने भन्दै विद्यार्थीहरुबाट रकम असुली गरिएको थियो । तर परिक्षा नै सञ्चालन नभएपछि विद्यार्थीहरुले ठगी भएको भन्दै आन्दोलनसमेत गरेका थिए । यसअघि पनि चौधरीले पटक–पटक विद्यार्थीलाई ठगेपछि एक पटक पक्राउ पनि परेका थिए । तर ९९ लाख धरौटीमा छुटेका चौधरीले फेरी ठगी धन्दा सुरु गरेपछि धेरै विद्यार्थीको भविष्य अन्यौलमा परेको थियो । चौधरीले त्रिभुवन विश्वविद्यालयबाट मान्यता दिलाउने भन्दै कैलालीका विभिन्न व्यक्तिबाट समेत रकम असुली गरेको देखिएको छ ।


Comments