श्रममन्त्री चौधरीलाई कालोझण्डा

 


सुखड, २३ पुस । कैलालीको सुखडमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कालोझण्डा देखाएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिकाको सुखडमा मन्त्री चौधरीलाई प्रचण्ड–नेपाल समूहको अनेरास्ववीयूका विद्यार्थीले कालोझण्डा देखाएका हुन् । अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन अन्तर्गत मंगलबारदेखि सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाउने कार्यक्रम सार्वजनिक गरेको छ । सोही कार्यक्रमअन्तर्गत नै मन्त्री चौधरीलाई कालो झण्डा देखाइएको अनेरास्ववीयू कैलालीले जनाएको छ ।
संसद् विघटन भएपछि चौधरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त भएका हुन् । उनी कैलाली क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।




Comments