पत्रकार जोशीलाई कुटपिट गर्नेलाई कारबाही गर्न प्रेस युनियन कंचनपुरको माग

 


कञ्चनपुर २० पुस : रेडियो धनगढी र धनगढी खबर डटकममा कार्यरत तथा पत्रकार महासंघ कञ्चनपुरका सदस्य हरिश जोशी लाई कुटपिट गर्ने माथी कारबाही गर्न प्रेस युनियन कंचनपुरले माग गरेको छ ।

धनगढी खबरमा कार्यरत जोशीमाथि आइतवार करीब ५ः३० बजेको समयमा कुटपिट भएको थियो । सोमबार एक विज्ञप्ति निकाल्दै प्रेस युनियन कंचनपुरले पत्रकार माथी बिनाकारण भएको कुटपिट बिषयमा आपत्ति जनाउदै कुटपिट गर्ने माथी कडा कारबाहीको माग गरेको हो ।

प्रेस युनियन कंचनपुरका सचीव मनोज भट्टले विज्ञप्ति निकाल्दै समाचार संकलन गरि घर फर्किरहेका पत्रकार जोशीलाई बाटोमा एक्कासि आएर दुर्ववहार सहित कुटपिट गर्नेलाई कडा कारबाही गर्नुपर्ने माग गरेका हुन । विज्ञप्तिमा दिउसै बिचबाटो मा हिन्दा पत्रकार नै असुरक्षित रहेको अवस्थालाई  ध्यानाकर्षण गर्दै पत्रकार कुटपिट गर्नेलाई कार्बाही गर्न माग गरिएको हो । 

यसै गरि पत्रकार माथी दिउसै भएको निन्दनीय कार्यको घोर भर्त्सना गर्दै प्रेस युनियन कंचनपुरका अध्यक्ष अमर बहादुर चन्दले पत्रकार कुट्नेलाई कुनै हालतमा छोड्न नहुने र चाडो भन्दा चाडो पक्राउ गरि कानुन बमोजिम कारबाही गर्नुपर्ने बताए । शुक्लाफाटा नगरपालिका बनशाह घर भई हाल भिमदत्त नगरपालिका ३ भाँसी जनज्योती चोक नजिकै डेरामा बस्दै आएका सुवाश बम नाम गरेका व्यक्तीले आइतबार साझ  कुटपिट गरेका हुन् ।

उनले पत्रकार जोशीलाई जनज्योति चोक भासीमा रहेको हाम्रो खाजाघर अगाडी समाचार संकलन गरी आउने क्रममा त,मा,मु, खाते पत्रकार भनी एक्कासी गालीगलौच गर्दै कुटपिट  गरेका हुन ।  बम यस अघि पनि थुप्रै कुटपिटका घटनामा संलग्न व्यक्ति हुन् । उनी बारम्बार कुटपिटका घटनामा पक्राउ पर्दै आएका थीए ।

Comments