सुकम्वासी लगत संकलन इकाई कार्यालय स्थापना

 


धनगढी, २० पुस । धनगढी उप–महानगरपालिकाले सोमबार सुकम्वासी लगत संकलन इकाई कार्यालय स्थापना गरेको छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशीला मिश्र भट्टले कार्यालयको उद्घाटन गरेका हुन । कार्यालय धनगढी उप–महानगरपालिका वडा नं ५ मा गरेको छ । जग्गा हस्तान्तरणको प्रकृया थाल्नका लागि भूमिहीन सुकम्वासी र अब्यबस्थित बसोवासीको पहिचान, लगत संकलन र प्रमाणिकरणको सबै काम यसै कार्यालयबाट संचालन हुने नगरप्रमुख नृपबहादुर वडले बताए । धनगढी उप–महानगरपालिकाले कानुनमा ब्यबस्था भए अनुसार स्थानीयतहको सहजीकरण समितिले काम थालेको छ नगरप्रमुख नृपबहादुर वडले भने–‘नगरमा रहेका भूमिहीन सुकम्वासी र अब्यबस्थित बसोवासीको पहिचान, लगत संकलन र प्रमाणिकरण गरेर जग्गा हस्तान्तरण गरिने छ ।’ नगरप्रमुख वडले बिवाद रहित ढंगले काम थाल्न इकाईमा खटिएका कर्मचारीहरुलाई निर्देशन दिए ।
लगत संकलन इकाई कार्यालय लागि जनशक्तिको ब्यबस्थापन गरि सकिएको छ नगरप्रमुख वडले भने–‘आजबाट काम सुरु भैसकेको छ ।’ ‘सुकम्वासी भूमीहिनहरुलाई जग्गा धनी पूर्जा दिने र अब्यबस्थित बसोवासलाई ब्यबस्थापन गर्ने कुरा सबै पार्टीले चुनावी घोषणापत्रमा नै राखेका थिए नगरप्रमुख वडले भने–‘नगरवासी संग गरेको प्रतिवद्धता चाँडै हुने छ ।’
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले भूमिहीन सुकम्वासी र अब्यबस्थीत बसोवासीको पहिचान, लगत संकलन र प्रमाणिकरण र लालपुर्जा हस्तान्तरण गर्ने कार्यमा सबै पक्षको सहयोग आवश्यक भएको बताईन । उनले भनिन्–‘पाएको जिम्मेवारी स्थानीयतहले पुरागर्ने छ ।’
धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले भूमिहीन सुकम्वासी र अब्यबस्थीत बसोवासीको पहिचान, लगत संकलन र प्रमाणिकरण गर्ने काम चाडै अगाडी बढाईने बताए । धनगढी उप–महानगरपालिका वडा नं ५ का अध्यक्ष हिरासिंह पातलीले ऐलानी र प्रति जग्गामा बसेकाहरुलाई उप–महानगरपालिकाले सबै सेवा सुविधा दिएर पनि करको दायरमा ल्याउन सकेको बताए । उनले भने–‘अव यो काम सम्भव हुने छ ।’
भूमिसम्वन्धी समस्या समाधान आयोग स्थानीयतह समन्वय समितिका सदस्य पुष्कल कर्माचार्यले समितिले चाडोभन्दा पुरा गर्नेगरी काम थालिएको बताए ।

Comments