हसुलिया, २३ पुस । कैलारी गाउँपालिकाले ४० जना जेष्ठ नागरिक र अपाङ्गता रहेका व्यक्तिलाई न्यानो कपडा वितरण गरिएको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाको सहयोगमा कम्बल (ब्ल्याङकेट) वितरण गरिएको हो ।
न्यानो कपडा पाउने मध्ये २७ जना जेष्ठ नागरिक र १३ जना पूर्ण र अतिअसक्त अपाङ्गता रहेका व्यक्तिलाई वितरण गरिएको महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरीले बताईन् ।
गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले गाउँपालिकाबाट सम्पूर्ण जेष्ठ नागरिक र अपाङ्गता रहेका व्यक्तिलाई न्यानो कपडा वितरण गर्न नसके पनि नीति तथा कार्यक्रम अन्र्तगत सबै वडा कार्यालय मार्फत सबै जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा र कम्बल वितरण गर्ने बताए ।
कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष विष्णु प्रसाद चौधरी, वडा नं ४ का अध्यक्ष भिखराम चौधरी लगायतले मनतब्य राखेका थिए ।
Comments
Post a Comment