अध्यक्ष विना गरिएका सम्पूर्ण निर्णय आफुलाई अमान्य रहेको बताउँदै खारेज गर्ने: नेकपा सुदूरपश्चिम अध्यक्ष कर्ण थापा

 


धनगढीः नेकपा प्रदेश कमिटी (ओली समूह) अध्यक्ष कर्ण थापाले अध्यक्ष विना गरिएका सम्पूर्ण निर्णय आफुलाई अमान्य रहेको बताउँदै खारेज गर्ने बताएका छन्।

केही दिनअघि नेकपा (प्रचण्ड–माधव) समूहको प्रदेश समिति बैठकको निर्णयलाई लक्षित गर्दै अध्यक्ष थापाले आफुुलाई मान्य नभएको भन्दै आपत्ति जनाएका हुन्।

सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले प्रदेश समितिको खाताबाट निकालिएको रकमप्रति पनि कडा आपत्ति व्यक्त गरे।

खातामा रहेको रकम ३० लावख रुपैयाँ नेता भीम रावलको योजनामा निकालिएको जुन विधि पद्धति र नैतिक आचरण विपरित रहेको पनि उनको भनाइ छ।

Comments