काङ्ग्रेसद्वारा बिरोध सभा गरियाे


प्रबिन बौखही, ८ माघ। कैलारी गाउँपालिका वार्ड नं. ५ स्थित बैसपुर गाउँकाे चाैकमा नेपाली काङ्ग्रेसकाे संसद विघटन गरेकाे विरुद्धमा विराेध सभा गरेकाे छ।

संसद विघटन,सर्बसत्ताबाद,एकाधिकार वाद,भ्रष्टाचार र अधिनायकबाद र अनियमितता बिरुधमा आयोजनामा बिर‍ोध -यालि तथा सभा लेखिएको कालो ब्यानर र पार्टीको झण्डा लिएर नेपाली काँग्रेस वडा समितिले वडा कार्यलयदेखि सुरु गरेकाे विरोध र्याली बैसपुरमा पुगेर काेणसभाकाे अायाेजना गरेकाे हाे। कार्यक्रमकाे प्रमुख अतिथि नेपाली काङ्ग्रेसकाे कैलाली जिल्ला प्रतिनिधि विजय राज श्रेष्ठले सभालाई संबोधन गर्ने क्रममा भन्नू भयो कि नेपाली काँग्रेस पुरानो पार्टी हो । जनताको पार्टी हो। हामी कहिल्यै पनि भ्रष्ताचार गर्दैनौ र भ्रष्ताचारी, बलत्कारिलाई, धुसखोरीलाई साथ दिदैनौं र बचाउदैनौं । वहाँले अगाडि थपे जनताबाट अधिक मत पाएका संसद रेशम लाल चौधरी आज जेलमा छन ।वहाँ जुनसुकै पार्टीको भए पनि नेपाली काँग्रेसको सरकार भएको भए यो हुने थिएन । यो कस्तो सरकार? जहाँ पनि भ्रष्टाचार? यसको नेपाली काँग्रेस बिरोधी हो।

यस बिरोध -यालि तथा सभा का सभापति ले सभालाई सम्बोधन गर्ने क्रम्मा भन्नू भयो कि हामी यो बिरोध -यालि, सभा कुनै मनोरन्जन, शौखले गरेका होईन, बाध्यता भएर गरेका छौ। किनकि आज देश कठिन मोड्मा छ। संसद बिघटन भएको छ। जनताले पाँच बर्षको म्यानडेत बनाएर कम्युनिष्टलाई जिताएर, सरकार बनाई दिए। चुनाबमा अरबौं खर्च भयो, जनताको ढुकुटी। पाँच बर्ष नपुग्दै केपि वलीको सरकारले तानाशाह, हिटलरको जस्तै जनताको मतलाई बेवास्ता गर्दै सरकार बिघटन गरेको छ। विश्वमा नेपाल देश भ्रष्ताचारमा धेरै अगाडि छ। यो बिश्वको तथ्यांकले देखाई रहेछ। अब फेरि पनि भ्रष्ताचारीहरु फेरि चुनाब गर्ने मिति तोकि सकेका छन। देश र जनताको हितमा काम नगर्ने कम्युनिष्ट दुई तिहाई सरकार भएर पनि कुनै राम्रो काम गरेन ।अब कदापि जन्ताले कम्युनिष्ट लाई मान्ने छैनन् भन्नू भयो।

सो बिरोधसभामा मान बहादुर चौधरी, राम नरेश चौधरी, भागुदास चौधरी, राम प्रसाद चौधरी,भगवती चौधरी,राम समझ चौधरी लगायतले संबोधन गरेका थिए भने काली राम चौधरीको सभापतित्वमा बिरोध सभा सम्पन्न भएको हो।


Comments