पवेराको भल्मन्सामा फेरी दोश्रो पल्ट खुशीराम चौधरी

 


हसुलिया,  । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ५ पवेराको  भल्मन्सामा फेरी दोश्रो पल्ट खुशीराम चौधरी चयन भएका छन ।

बुधाबार भएको  माघी डेवानीमा पुरानो कार्यसमितिको  कामको  मुल्यांकन गरेर फेरी पनी त्यही समितिलाई निरन्तरता दिने सहमति भएको कुरा स्थानीय कमलेश कठरियाले जानकारी गराए। समितिले  उपाध्यक्षमा प्रेमबहादुर चौधरी, सचिव विपराम चौधरी, र  चौकीदारमा रामनाथ कठरिया चयन भएका छन।

माघी डेवानीमा २ लाख ४८ हजार ६ सय ५९ रुपैया बचत रहेको जानाकारी गरायो । गाउँको  निर्णय अनुसार भल्मन्सालाई रिचार्ज खर्चको लागी  वार्षिक ४ हजार रुपैया, चौकीदारलाई प्रत्येक घरबाट १५ केजी धान, गुरवालाई ७.५ केजी  धान दिने सहमति भएको छ । पवेरा गाउँमा २ सय २१ किसान रहेका छन ।

Comments