हसुलिया, २७ पुस । कैलालीको कैलारी गाउँपालिकाले थारु समुदायको माघ (माघी) पर्वको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ ।गाउँपालिकाले पुस २९ देखि माघ २ गतेसम्म तीन दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए । माघ थारु समुदायको सबैभन्दा ठूलो पर्व हो ।
यसैगरी, सो गाउँपालिकाको हिउँदे अधिवेशन पनि आजदेखि सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले अधिवेशन उदघाटन गरेको प्रवक्ता कमलप्रसाद चौधरीले जानकारी दिए । हिउँदे अधिवेशन उदघाटनमा उपाध्यक्ष लक्ष्मी सत्गौवा, गाउँसभाका सदस्यहरु, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीसहित कर्मचारीको उपस्थिति रहेको थियो । गाउँसभाको अर्को बैठक माघ १६ गते बोलाइएको छ ।
Comments
Post a Comment