धनगढी, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको गरेको संसद बिघट्न र मध्यावधी निर्बाचन घोषणालाई प्रतिगमनको संज्ञा दिदै देशव्यापी बिरोध प्रदर्शन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) ले आज धनगढीमा आम सभा गर्दैछ । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) ले आमसभाको तयारी पुरा भएको जनाएको छ ।
धनगढीमा गर्न लागिएको सुदूर पश्चिम स्तरीय आमसभाका लागि नौ वटै जिल्लाबाट नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) का नेता तथा कार्यकर्ता धनगढी आउने क्रम शुरु भएको छ । यस्तै हसुलिया, भजनी क्षेत्रबाट नेकपा प्रचण्ड–माधव समूका समर्थक नेता तथा कार्यकर्ताहरुको ओइरो लागेको छ ।उनीहरुलाई लिन कैलारी गाउँपालिका अन्र्तगत क्षेत्रका लागि मात्रै ३५ भन्दा बढी बस गएको तर त्यसमा नअटेर हिड्डै आइरहेको कैलाली गाउँपालिकाका युवा संयोजक अशोक चौधरीले जानकारी दिए । यस अघि प्रधानमन्त्री केपी शर्मा ओली समूहको विरोध सभामा कार्यकर्ता तथा सर्मथकहरुलाई लिन गएको बस खाली फर्केको थियो ।
श्रममन्त्री गौशीशंकर चौधरी ओली समूह तिर लागेका यस क्षेत्रका जनता विरोध जनाउदैँ आएका छन् ।
आमसभालाई नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) का अध्यक्ष माधव नेपाल र पुष्पकमल दाहाल र सुदूर पश्चिम ईञ्चार्जले सम्बोधन गर्ने छन् ।
केही साता नेकपा(ओली) को आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा धनगढीमा भएको आमसभालाई चुनौती दिने गरी आयोजना गर्न लागिएको आमसभामा ४० हजारको हाराहारीमा जनता उतार्ने नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) ले तयारी छ ।
यातायात व्यवस्थापन समितिका संयोजक बीरमान चौधरीले आमसभामा सुदूर पश्चिमका नौ वटा जिल्लाबाट ४० हजारको हाराहारीमा जनता सहभागी हुने दावी गरे ।
यद्दपि गाडीको अभावमा नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह)ले आशा गरेजति जनता आउने संभावना कम छ ।
यता नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) ले धनगढीमा आज आयोजना गर्न लागेको बिरोध सभाको सुरक्षाका लागि एक हजारको हाराहारीमा सुरक्षाकर्मीहरु परिचालन गरिएका छन् ।
धनगढी प्रवेश गर्ने सबै नाका, धनगढीका सबै चौकहरु र बजार क्षेत्रमा सुरक्षाकर्मीहरु व्यापक रुपमा परिचालन गरिएका छन् ।
Comments
Post a Comment