काठमाडौँ: गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । राजीव गुरुङ दीपक मनाङे युवा तथा खेलकुद मन्त्री बनेका छन् । उनले केही बेरमा शपथ ग्रहण गर्नेछन् । शपथ ग्रहणअघि सञ्चारकर्मीहरुसँग उनले आफूले खेल क्षेत्र बुझेकोले नै खेलकुद मन्त्रालय रोजेको बताए ।
‘खेलकुदमा काम मैले पहिलेदेखि गरिरहेको थिएँ । सजिलो हुन्छ । अर्थमा गएर के गर्नु चार जना पीएचडी डक्टर चाहियो अहिले कहाँ खोज्न जाने । युवा खेलकुदमा पहिलेदेखि । गरेको भयो स्पोर्स्टमा नलेज पनि छ । डिजाइन अलमस्ट रेडी छ,’ उनले भने, ‘भोलि कपी पनि दिन्छु । युवाहरुलाई सरकारले गर्न पर्ने केही कुरा छ । यसमा मेरो नलेज छ ।’
उनले आफूले नयाँ दौरा सुरुवाल लगाएर आएको पनि बताए । ‘दौरा सुरुवाल किन्न जा भन्या’थ्यो किन्न गएको थिएँ । यो नयाँ हो,’ कस्तो अनुभूति भएको भन्ने प्रश्नमा उनले भने, ‘अलिअलि निद्रा लाइराछ । सुत्नु पाएको छैन ।’
Comments
Post a Comment