पूर्व/पश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जभित्र गएराति मोटरसाएकलमा सवार महिलालाई पाटे बाघले झम्टेर लगेको महिलाको शव निकुञ्जको टोलीले फेला पारेको छ ।
पाटे बाघले आक्रमण गरेको ठाउँदेखि झण्डै ५ सय मिटर निकुञ्जभित्र कुवाँभारको गुम्ना पुल नजिकै क्षतविक्षत रुपमा महिलाको शव फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिनुभयो । पाटे बाघले महिलाको घाँटी, कम्मर र खुट्टाको आधा भाग खाएको अवस्थामा शव फेला परेको र अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएको उहाँले बताउनुभयो ।
Comments
Post a Comment