डडेल्धुरा । डडेल्धुराका दुई शिक्षकलाई कोरोना संक्रमण देखिएपछि विद्यालयको पठनपाठन स्थगित गरिएको छ । जिल्लाको आलिताल गाउँपालिका–५ भित्रीसैनमा रहेको सरस्वती माध्यामिक विद्यालयका दुई शिक्षकलाई कोरोना संक्रण देखिएको हो । डडेल्धुरा अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा उनीहरुलाई कोरोना संक्रमण देखिएको हो ।
उक्त विद्यालयमा कार्यरत दुई जना शिक्षकहरुमा सामान्य लक्षण देखिएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरि प्रयोगशालामा पठाइएको थियो ।
शिक्षकहरुको कोरोना रिपोर्ट पोजेटिभ आएपछि विद्यालयको पठनपाठन अर्को सुचना जारी नहुन्जेल सम्मका लागि स्थगित गरिएको उक्त विद्यालयका प्रधानाध्यापक भानबहादुर सुनारले जानकारी दिएका छन् ।
कोरोना संक्रमण देखिएका दुवै जना शिक्षकहरु हाल होम आइसोलेसनमा रहेका छ्न ।

Comments
Post a Comment