सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित एक पुरुषको आज बिहान मृत्यु

 



धनगढी, कात्तिक २९ । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित एक पुरुषको आज बिहान मृत्यु भएको छ । 

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका–१६ का ४० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । कात्तिक २३ गते सङ्क्रमण पुष्टि भएपछि सोही दिनदेखि उहाँ अस्पतालमा भर्ना हुनुभएको थियो । मृतकलाई बाइसाइटोपेनिया र ल्युकोसाइटोसिसको समस्या पनि थियो । 
योसंगै सुदूरपश्चिम प्रदेशभरि कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । 

Comments