बनकट्टा गाउँमा आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन

 


हसुलिया, १६ कार्तिक । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ स्थित बनकट्टा गाउँमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण गरिएको छ । 

तराई चुरे मधेस कार्यक्रम र कैलारी गाउँपालिकाको संयुक्त लगानीमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण गरिएको हो । आइतबार एक कार्यक्रमकाबीच कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले केन्द्रको उद्घाटन गरेका छन् । वडा नम्बर ६ का अध्यक्ष एवम् केन्द्र व्यवस्थापन समितिका अध्यक्ष प्रेम चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी, गाउँपालिकाका प्रवक्ता कलमप्रसाद चौधरी, स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनिधि, स्थानीयवासी, भलमन्सा, महिला स्वास्थ्य स्वयम् सेविका लगायतको उपस्थिति रहेको थियो । 

No description available.

केन्द्रको भवन निर्माणमा जनश्रमदानसहित एक करोडन्दा बढी रुपैयाँ लगानी भएको वडा कार्यालयले जानकारी दिएको छ । भवन निर्माणका लागि चुरे मधेस कार्यक्रमले बजेट दिएको र यन्त्र उपकरणका लागि गाउँपालिकाको कार्यालयले बजेट उपलब्ध गराएको वडा अध्यक्ष चौधरीले जानकारी दिए । केन्द्रबाट प्रसूति गृहसहितको स्वास्थ्य सेवा उपलब्ध हुने जनाइएको छ । केन्द्रमा एचए र अनमी बस्ने वडा अध्यक्ष चौधरीले जानकारी दिए । 

सो वडामा यसअघि, स्वास्थ्य संस्था नहुँदा स्थानीयवासी औषधोउपचारका लागि गदरिया र उजलीसेमरमा रहेको स्वास्थ्य चौकीमा पुग्ने गरेका थिए । अब सबैले पायक पर्ने स्थानमा स्वास्थ्य केन्द्र निर्माण भएकाले वडावासी सेवाग्राहीलाई सहज हुने वडा अध्यक्ष चौधरीले बताए । 

Comments