पहिचानवादी घटकहरुले सरकारलाई १ महिने अल्टिमेटम

 


धनगढी १६ कार्तिक । पहिचानको आधारमा संघीय व्यवस्था लागुु हुने पर्ने भन्दै लामो समयदेखि संघर्षरत पहिचानवादी घटकहरुले सरकारलाई १ महिने अल्टिमेटम दिएका छन् ।

आइतबार ५ बुँदे माग सार्वजनिक गर्दै सरकारलाई १ महिने अल्टिमेटम दिइएको हो । माग पूरा नभए मंसिर २० गते काठमाडौंमै बृहत कोणसभाको आयोजना गरी आन्दोलन चर्काउने चेतावनी समेत दिइएको हो ।

नेवाः राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल लोकतान्त्रिक पार्टी, थरुहट थारुवान राष्ट्रिय मोर्चा, खसान राष्ट्रिय संघर्ष समिति, तराई मधेश राष्ट्रिय परिषद र मगरात संघर्ष समितिले संयुक्त रुपमा आइतबार पत्रकार सम्मेलन गर्दै अल्टिमेटम दिएका हुन् । 

संघीयता संस्थागत गर्न संविधानको धारा २७४ लगायत पहिचान विरोधी धाराहरु र अनुसुची ४ संशोधन गर्नुपर्ने, थरुहट आन्दोलनको क्रममा टीका घटना पश्चात विभिन्न मुद्धा लगाइएका थरुहट राजबन्दी सांसद रेशमलाल चौधरीसहितका मुद्धा खारेज गर्नुपर्ने लगायत माग अगाडी सारिएको हो ।

Comments