धनगढी २९ कार्तिक । हिन्दुधर्मवलम्वीले दीपावली अर्थात उज्यालो र भाइचाराको प्रतीकको रुपमा तिहार मनाइरहदा पश्चिम नेपालका थारु समुदायले डिया डेवारीको रुपमा मनाइरहेका छन् ।
आफ्नो कूल देवताको श्राद्धपूर्वक पूजाआजा गरी घर वरिपरी दीपावली गर्ने र आज शनिबार बेलुका ‘ढिक्री लुटाउने’ अर्थात वितरण गर्ने प्रचलन रहिआएको हो । थारु बुद्धिजीवीहरुका अनुसार थारु समुदायमा नयाँ उत्पादित धानको चामलको पिठोबाट ढिक्री (परिकार) बनाइन्छ ।
जुन ढिक्री प्रसादको रुपमा कूल देवतालाई चढाउने प्रचलन रहिआएको कैलालीको कैलारी गाउँपालिका ६ बेनौलीकी चोंधिया देवी डंगौराले जानकारी दिइन् । पूजाआजा गरिसकेपछि जुन ढिक्री छरछिमेकका बालबालिकाहरुर्ला वितरण गर्ने प्रचलन रहिआएको हो । विशेषगरी दहित थर भएका थारुहरुले ढिक्री वितरण गर्दै आएको डंगौरा बताउँछिन् ।
Comments
Post a Comment