एक लाख बढी रकमसहित ८ जना जुवाडे पक्राउ

 


धनगढी कार्तिक २९ ।कैलालीमा एक लाख बढी रकमसहित ८ जना जुवाडे पक्राउ परेका छन् । 

जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ बाट गएराति २ बजेतिरको समयमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । 

जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा स्थानीय तेज बहादुर कडायतको घरबाट उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।

जुवाडेहरुबारे पूर्ण विवरण भने आउन बाँकी नै रहेको र उनीहरुलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक थापाले बताएका छन् । 

Comments